You are viewing the translated version of जानकारी दिने.

Section 46
जानकारी दिने
(१) रेडियोधर्मी पदार्थ वा संयन्त्र चोरी, डकैती भएमा वा अनधिकृत कब्जामा लिएमा बा चोरी, डकैती वा अनधिकृत कब्जाको आशङ्का गर्ने विश्वसनीय आधार भएमा नियमनकारी निकायले मन्त्रालय, सुरक्षा निकाय र त्यस्तो कार्यबाट प्रभावित हुनसक्ने संघ संस्थालाई र मन्त्रालयले एजेन्सीलाई यथाशक्य छिटो सो कुराको जानकारी दिनु पर्नेछ।
(२) रेडियोधर्मी पदार्थ वा संयन्त्रको चोरी, डकैती वा अनधिकृत कब्जा भएमा त्यसको पुनः प्राप्ति गर्ने, तत्सम्बन्धी अन्य काम, कारबाहीको समन्वय गर्ने र रेडियोधर्मी पदार्थको भौतिक संरक्षण गर्ने जिम्मेवारी इजाजतपत्रवाला, नियमनकारी निकाय र मन्त्रालयको हुनेछ।
(३) नेपाल सरकारले रेडियोधर्मी पदार्थ तथा संयन्त्रको सुरक्षा र संरक्षणको लागि एजेन्सीबाट प्राप्त सहयोग र सहायताको कार्यान्वयन गर्न तोकिए बमोजिम व्यवस्था गर्नु पर्नेछ।